

१३ जुवाडे प्रक्राउ



भदौ १८,दाङ ।
दाङमा प्रहरीले १३ जना जुवाडेलाई प्रक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका १४ को पन्नपुरका निमबहादुर केसीको घरमा जुवा खेलिरहेको समयमा उनीहरुलाई प्रक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १४ का मधुकर बस्नेत, माधव विक, दीपक वादी, राजाराम विक, निर्मल विक, चुडामणि डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुमित खड्काले बताउनुभयो ।
त्यस्तै भागवत डाँगी, बाबुराम नेपाली, निमबहादुर केसी, विकेश परियार, दीपक डाँगी, वडा नं १५ का प्रद्युम्न धिताल र घोराही उपमहानगरपालिका ९ का वसन्त बुढाथोकी प्रक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ६३ हजार आठ सय ४० रुपैयाँ र जुवा खेल्न प्रयोग भएको एक गड्डी नखोलेको र पाँच गड्डी खोलेको तास पनि नियन्त्रणमा लिइएको डीएसपी खड्काले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि स्वास्थ्यसम्बन्धी मापदण्डको पालना भएको पाइएको छैन ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया