

बुटवलको ज्योतिनरमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते



बुटवल बुटवलको ज्योतिनरमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–४ स्थित ज्योतिनगरमा आइतबार बिहान विद्यार्थी बोकेको एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाँणले बताए ।
घाइते मध्ये ८ जना विद्यार्थी, चालक र सह-चालक गरी १० जना घाइते भएको प्रहरी प्रवक्ता खाँणले बताए । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको उनले बताए । घाइते मध्ये ३ जना विद्यार्थी, चालक र सहचालकको अवस्था मध्यम रहेको र अन्य बाँकी ५ जना विद्यार्थीको अवस्था सामान्य रहेको प्रवक्ता खाँणले बताए । बसमा ८ जना विद्यार्थी, चालक र सहचालक गरी १० जना रहेका थिए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया