

चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि


काठमाडौं
फिफा क्लब विश्वकपको उपाधि इंग्लिस क्लब चेल्सले जितेको छ । गएराति ब्रजिलयन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ ले हराउँदै फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जितेको हो ।
साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट १-१ को बराबरीमा भएपछि खेल अतिरिक्त समयमा धकेलियो । ५५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाए ।
उनले कलुम हड्सन ओडोईको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । ६४ औं मिनेटमा राफयल भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मिरसलाई १–१ गोलको बराबरीमा ल्याए । मार्कोस रोचाको थ्रो बललाई पेनाल्टी बक्सबाट क्लियर गर्ने क्रममा थियागो सिल्भले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै पाल्मिरसलाई पेनाल्टीको अवसर प्रदान गरेका थिए । जसमा भेइगा चुकेनन् ।
त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । ११७ औं मिनेटमा काइ हाभर्टजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए ।
पेनाल्टी क्षेत्रमा कप्तान सिजर एज्पिलिक्वेटाको प्रहार लुआन गार्सियाको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै चेल्सीलाई पेनाल्टी प्रदान गरेका थिए । त्यसमा हाभर्टज चुकेनन् ।
अतिरिक्त समयको पनि थप गरिएको समयमा लुआन गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि पाल्मिरस १० खेलाडीमा समेटियो । यो सिजनमा चेल्सीको यो दोस्रो उपाधि हो । जारी सिजनमै उसले युइएफए सुपर कपको उपाधि पनि उचालेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया