

विप्लवले जनकारबाही जारी राखेकोमा सरकारको आपत्ति



काठमाडौं
नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच यसअघि भएको सम्झौता कार्यान्वयनबारे शनिबार वार्ता भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रम देउवा र नेत्रविक्रम चन्द विप्लवबीच भेटमा सहमति पूर्ण रूपमा कार्यान्वयन गर्ने बारे सहमति भएको थियो । त्यसैक्रममा शनिबार वार्ता भएको हो ।
गृह मन्त्रालयमा भएको वार्तामा गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए । वार्तामा गृहमन्त्री खाणले सहमतिविपरीत उक्त पार्टीका नाममा जनकारबाही तथा जग्गा कब्जाजस्ता गतिविधि नरोकिएकोप्रति ध्यानाकर्षण गराएका थिए ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको जानकारी दिए । पोखरेलले भने, “प्रतिबन्ध फुकुवापछि उक्त पार्टीका ने ता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता गर्नेलगायत सहमति कार्यान्वयन गर्नेबारे दुई पक्षबीच सहमति भएको छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया