

एमसीसीका विरुद्ध नेकपा (एस) को कपिलवस्तुमा विरोध तयारी



कपिलवस्तु ।
अमेरिकी मिलिनियन च्यालेन्स कर्पोरेसन (एमसीसी)का विरुद्ध नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुका जनसंगठन सडक संघर्षमा उत्रिने भएका छन् ।
अमेरिकाले एमसीसी तत्काल संसदबाट अनुमोदन गर्न दबाब दिइरहेका बेला समाजवादीका जनसंगठन यसका विरुद्ध आइतबार सडक संघर्षमा उत्रिन थालेका हुन् ।
आइतबार दिउँसो १२ बजे जिल्ला पार्टी कार्यालयमा जम्मा भएर ठीक १ बजे प्रशासन चोकमा विरोध प्रदर्शनको आयोजना गरिएको अनेरास्ववियूका जिल्ला कोषाध्यक्ष कमल बेल्वासेले जानकारी दिनुभयो ।
देशको सुरक्षा, सार्वभौमसत्ता, स्वाधिनता, राष्ट्रिय अखण्डता र असंलग्न परराष्ट्र निती विरुद्ध एमसीसी रहेको भन्दै यसको खारेजीका लागि राष्ट्रव्यापी कार्यक्रम अन्तरगत कपिलवस्तुमा पनि हुन लागेको विद्यार्थी नेता बेल्वासेले जनाउनुभयो ।
कार्यक्रममा समाजवादीका भातृ संगठन अनेरास्ववियू, युवा संघ नेपाल, अनेमसंघ (समाजवादी), नेपाल दलित मुक्ति संगठन, समाजवादी प्रेस संगठन नेपाल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहने छ ।
साथै आयोजकले सम्पूर्ण एमसीसी विरुद्ध लागेका युवा, विद्यार्थी, मजदुर सबैलाई कार्यक्रममा सरिक हुन आह्वान गरेको छ ।
एमसीसी राष्ट्रघाती भएको भन्दै सडकमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । एमाले, कांग्रेस एमसीसीको पक्षमा उभिएको बेला नेकपा (एस) यसको विरुद्धमा उत्रिएको हो ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया