

दीपेन्द्रको नटआउट ७३ को मद्धतमा नेपालले ओमानलाई हरायो



काठमाण्डाै
चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले जित हात पारेकाे छ । ओमानले दिएकाे एक सय ३६ रनकाे लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायाे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रन बनाए । यस्तै आरिफ शेखले २५ रनकाे याेगदान गरे । बलिङतर्फ ओमानका लागि कलेमुल्लाहले दुई विकेट लिए ।
यसअघि अल अमिरात क्रिकेट मैदानमा भएकाे खेलमा ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनायाे । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए । यस्तै माेहम्मद नदीमले ३१ रनकाे याेगदान गरे ।
बलिङतर्फ नेपालका लागि अविनाश बाेहराले तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक–एक विकेट लिए ।
आजकाे खेलसँगै दीपेन्द्रसिंह ऐरीले टी–२० करिअरमा आफ्नो पाँच सय रन पूरा गरेका छन् । उनी याे उपलब्धि हात पार्ने नेपालकाे पहिलाे खेलाडी बनेका छन् । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले याे उपलब्धि हात पारेका छन् ।
यस्तै आजकाे खेलबाट कप्तानमा डेब्यु गरेका सन्दीप लामिछानेले पहिलाे खेलमा नै सफलता हात पार्न सफल भए ।
नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया