

भारतमा कोरोना : मृतकको संख्या बढेको बढ्यै, संक्रमणदर निरन्तर ओरालो

भारत
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिनहुँ बढिरहेको छ । गत २४ घण्टामा मात्र त्यहाँ १ हजार २१५ संक्रमितले ज्यान गुमाएका छन् ।
सोमबार भारतमा १ हजार १८८ संक्रमितको मृत्यु भएको थियो । भारतमा पछिल्लो आठ दिनमध्ये ६ दिन दैनिक १ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ५ लाख ५ हजार नाघेको छ ।
भारतमा संक्रमणदर चाहिँ निरन्तर ओरालो लागिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६९ हजार ५४४ संक्रमित मात्र भेटिएका छन् । सोमबार भारतमा ६७ हजार ५ सय जनामा कोरोना पुष्टि भएको थियो ।
संघीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ४ करोड २४ लाख व्यक्ति संक्रमित भएका छन् । जसमध्ये ८ लाख ८३ हजार संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।
हालसम्म त्यहाँ ४ करोड १० लाख व्यक्ति उपचारपछि निको भएका छन् ।
एजेन्सीको सहयोगमा


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया