

स्पेनिस ला लिगामा रियल मड्रिड र बार्सिलोना विजयी


काठमाण्डौँ
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडालाई १–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ७४औँ मिनेटमा रियलका मार्को एसेन्सियोले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै रियलले २३ खेलमा ५३ अङ्क जोडेको छ । रियल अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
यस्तै, गएराति नै भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।
१० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले हराएको हो । खेलको आठौँ मिनेटमा यानिक कारास्कोले गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि एट्लेटिको मड्रिडले त्यसलाई कायम राख्न सकेन ।
खेलको १०औँ मिनेटमा नै बार्सिलोनाका जोर्डी अल्बाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको २१औँ मिनेटमा गाभीले गोल गरेपछि बार्सिलोना २–१ ले अघि रह्यो । यस्तै, ४३ औँ मिनेटमा बार्सिलोनाका रोनाल्डो अरुजोले गोल गरे भने ४९ औँ मिनेटमा डानी अल्भेसले गोल गर्दै बार्सिलोनालाई ४–१ को अग्रता दिलाए ।
खेलको ६९औँ मिनेटमा अल्भेसले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । एट्लेटिको मड्रिडका लुइस सुआरेजले खेलको ५८औँ मिनेटमा गोल गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । जितसँगै २२ खेलमा ३८ अङ्क जोडेको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको मड्रिड ३६ अङ्क जोडेर पाँचौँ स्थानमा छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया