

२०२२ आईपीएलमा १० टोलीको सहभागिता हुने

काठमाडौं
विश्वकै लोकप्रिय फ्रेन्चाइज लिग आईपीएलले २०२२ को मेगा अक्सनमा भाग लिएका खेलाडीको सूची सार्वजनिक भएको छ। यस सिजनबाट आईपीएलमा १० टोलीको सहभागिता रहनेछ। जस कारण आईपीएल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने भएको छ।
१२ र १३ फेब्रुअरीमा बैंगलोरमा दुई दिने लिलामी कार्यक्रम ‘मेगा अक्सन’ हुनेछ। यस पटकको आईपीएल मेगा अक्सनमा पाँच पाका खेलाडी पनि सहभागी हुनेछन्, जो खेल बदल्न माहिर बन्ने गरेका छन्।
यी हुन् पाँच पाका खेलाडी
१. इमरान ताहिर
दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर ४२ वर्ष १० महिनाका भएका छन् । ताहिरको नाम आईपीएल २०२२ को मेगा अक्सनमा छ। उनी आईपीएल २०२२ मेगा लिलामीमा सहभागी हुनेछन् । इमरानले यसअघि चेन्नई सुपर किंग्स, राइजिङ पुणे सुपरजाइन्ट्स र दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेलिसकेका छन् ।
२. फिडेल एडवर्ड्स
वेस्ट इन्डिजका चर्चित तीव्र गतिका बलर फिडेल एडवर्ड्स पनि आईपीएल २०२२ मेगा लिलामीमा सहभागी हुनेछन् । फिडेल ४० वर्षका भइसकेका छन् र यो महिनाको ६ तारिखमा ४१ वर्ष पुग्दैछन्। फिडेल एडवर्ड्स यसअघि डेक्कन चार्जर्स हैदरावाद, सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन्।
३.अमित मिश्रा
भारतका अनुभवी लेग स्पिनर र सफल आईपीएल बलर अमित मिश्रा आईपीएल २०२२ मेगा लिलामीमा सहभागी हुने छन् । पाका खेलाडीको सूचीमा अमित पनि छन् । उनले यसअघि सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका छन्।
४. एस श्रीसान्त
सन् २०१३ मा म्याच फिक्सिङमा फसेपछि भारतका तीव्र गतिका बलर एस श्रीसन्तले आईपीएलमा पुनरागमन गर्न लागेका छन् । श्रीसन्त ६ फेब्रुअरीमा ३९ वर्षका हुने छन् ।उनलाई लामो समयदेखि प्रतिबन्ध लगाइएको थियो र उनले आईपीएलमा किंग्स इलेभेन पञ्जाब, कोची टस्कर्स केरला र राजस्थान रोयल्सबाट आईपीएल खेलिसकेका छन्।
५. ड्वेन ब्राभो
ड्वेन ब्राभो धोनीको कप्तानीमा आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्दै आएका थिए। ब्राभोलाई चेन्नई सुपर किंग्सले रिटेन गरेन्। उनी यस पटक आईपीएल २०२२ मेगा लिलामीमा भाग लिनेछन्।
वेस्टइन्डिजका पूर्व अलराउन्डर ब्राभो ३८ वर्षका भएका छन्। ब्राभोले मुम्बई इन्डियन्स, गुजरात लायन्स र चेन्नई सुपर किंग्सबाट खेलिसकेका छन्।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया