

सङ्क्रमण दर अहिलेसम्मकै उच्च, सबैभन्दा बढी सङ्क्रमित २१ देखि ३० वर्ष उमेर समूहका


काठमाडौं

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा पीसीआर विधिबाट गरिने परीक्षणमा सङ्क्रमण दर ५६.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कोरोनाको तेस्रो लहर सुरु भए यताकै यो सबैभन्दा उच्च सङ्क्रमण दर हो । शुक्रबार पीसीआर विधिबाट सङ्क्रमण दर ४६.३ प्रतिशत थियो ।
देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट भने सङ्क्रमण दर ४२.२ प्रतिशतबाट घटेर ३५.७ प्रतिशत पुगेको छ । समग्रमा सङ्क्रमण दर ४६.३ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा सबैभन्दा बढी ३ हजार ७६३ जना सङ्क्रमित थपिएका छन् । त्यसपछि ललितपुरमा १ हजार ११० तथा भक्तपुरमा ४३४ जना सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा मोरङमा २७३, मधेस प्रदेशमा सप्तरीमा ५५ जना र गण्डकीमा कास्कीमा ४ सयजना सङ्क्रमित थपिएका छन् ।

यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । निको हुने दर घटेर ९०.७ प्रतिशत पुगेको छ । देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ६२ लाख ४२ हजार ४५६ जनाले पहिलो मात्रा, १ करोड २८ लाख ७० हजार ८६७ जनाले पूर्ण मात्र र १ लाख ४२ हजार ५८९ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया