विश्व कप छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा, विनोद र सोमपाल टिममा परेनन्

काठमाण्डाै

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ ।

‍क्यानले आज सन्दीप लामिछानेकाे कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै शरद भेषवाकर, प्रदीप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

विनोद भण्डारी, सोमपाल कामी टिममा अटाएका छैनन् । विश्व कप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ तारिखदेखि २४ तारिखसम्म ओमानमा हुँदैछ । छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अस्ट्रेलियामा हुने विश्व कपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया

खबर सबै