

अर्घाखाँचीमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन


अर्घाखाँची
सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ । भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ ।
भेटीबाट सङ्कलित रकममध्ये मासिकरुपमा आदर्श माविलाई र शान्ति निमाविलाई एक लाख २० हजार रुपैयाँ उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिनुभयो । यस्तै समितिले सन्धिखर्कस्थित पाणिनि बेदबिद्या आश्रमका लागि वार्षिक एक लाख २० हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ ।
“विद्यालयसँगै अन्य विकास निर्माणका काममा पनि सहयोग गर्ने गरेका छौँ”, घिमिरेले भन्नुभयो, “खानेपानी, मोटरबाटो निर्माणलगायत विकास निर्माणका काममा सघाएका छौँ ।” जटिल खालका बिरामीको उपचारमा समेत मन्दिरको भेटीबाट समितिले सहयोग पुर्याउँदै आएको छ । मन्दिरमा गत वर्ष ८० लाख रुपैयाँ आम्दानी भएको थियो । नेपालकै प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
अहिले दैनिक एक हजारदेखि दुई हजार जनाले मन्दिरमा दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताउनुभयो । मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलबस्तु, दाङ, प्यूठान, गुल्मी र रुपन्देहीबाट बढी पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश र बिहारबाट समेत सुपा देउरालीको दर्शन गर्न आउने गरेका छन् ।
विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर पठनपाठन गर्न सहज भएको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताउनुभयो । “मन्दिरबाट सहयोग नमिलको भए यो विद्यालय प्रावि नै रहने थियो”, उहाँले भन्नुभयो, “मन्दिरको सहयोगका कारण नै विद्यालयलाई यो अवस्थासम्म ल्याउन सकेका हौँ ।”


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया