

३ प्रतिनिधिसहित १२ जना कोरोना संक्रमित थपिए



भदौ १५, गुल्मी ।
गुल्मीमा ३ जना जनप्रतिनिधिसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ईस्मा गाउँपालिकामा क्वारेन्टाईनमा बसेका ५ जनाको स्वाब परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको र चन्द्रकोटमा ३ जना जनप्रतिनिधिसहित ७ जनाको रिपोर्ट पनि सोमबार नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीकाअनुसार ३ जना जनप्रतिनिधि र विभिन्न व्यवसाय गर्ने समुदायका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुलाई होम आईसोलेसनमा राखिएको छ । जनप्रतिनिधिहरुमा संक्रमण पुष्टि भएपछि गाउँपालिका सिल्ड गर्ने विषयमा छलफल भइरहेको समेत उनले बताए ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले गाउँपालिकामा ८ शैयाको आईसोलेशन कक्ष भएपनि उनीहरुको सुविधाका लागि होम आईसोलेसन मै राखिएको बताए । उनकाअनुसार यसअघि चन्द्रकोटमा २४ जना संक्रमित भएका थिए र ती सबैले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य कार्यालयकाअनुसार जिल्लाभर संक्रमितको संख्या ४ सय पुगेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया