

पाल्पामा मोटरसाइकल दुर्घटना हँुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते



पाल्पा
पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी भेग निस्दी–७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सिन्धुरेमा किराना पसलदेखि घर फर्किनेक्रममा लु ६ प १५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले बताए । मोटरसाइकलको पछाडि सवार मृतक गाहारी श्रीमती नीरमाया गाहा घाइते भएकी छन् । घाइते गाहाको टाउकोमा चोट लागेको छ । घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया