

भारतमा एकैदिन थपिए झण्डै दुई लाख कोरोना संक्रमित

एजेन्सी
भारतमा एकैदिन कोरोनाभाइरसका झन्डै दुई लाख संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा भारतभरि एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको बिबिसी हिन्दीले जनाएको छ। योसँगै भारतमा ९ लाख ५५ हजार बढी सक्रिय संक्रमित पुगेका छन्।
भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। डिसेम्बर अन्तिमसम्म भारतमा दैनिक संक्रमितको संख्या १० हजारभन्दा कम थियो।
ओमिक्रोन भेरियन्टसँगै आएको तेस्रो लहरमा संक्रमण दिन दुई गुणा रात चौगुणाका दरले बढिरहेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा भारतभर ४४२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
बुधबारसम्म भारतमा तीन करोड ५७ लाख बढीमा संक्रमण देखिएको छ भने ४ लाख ८४ हजार बढीले ज्यान गुमाएका छन्।
यसअघि डेल्टा भेरियन्ट फैलिँदा भारतमा एकैदिन कोरोना संक्रमित हुनेको संख्या चार लाख बढी पुगेको थियो।
वोर्ल्डोमिटरका अनुसार गत मे ६ मा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण भएको थियो। यो संख्या भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएको संख्या हो।
सबैभन्दा धेरै संक्रमित संख्या हुने राष्ट्रमा भारत दोस्रो स्थानमा छ। ६ करोड ३३ लाख ९० हजार ८७६ संक्रमितसहित अमेरिका पहिलो स्थानमा छ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया