

थ्रीस्टारको तेस्रो जित, शेर्पालाई हराउँदै उक्लियो पाँचौ स्थानमा

काठमाडौं
थ्रीस्टार क्लबले सिजनको सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हात पारेको छ।
आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई २-० गोलले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थ्रीस्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो। थ्रीस्टारका लागि पहिलो गोल ऋतिककुमार खड्काले खेलको ५६ मिनेटमा गोल गरे।
दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा अन्शुमाना क्रोमाहले दोस्रो गोल गरे। लकेश लिम्बूले मिलाएको पासमा उनले उत्कृष्ट फिनिसिङ गरेका थिए।
जितसँगै थ्रीस्टार अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। थ्रीस्टारले ८ खेलबाट १३ अंक जोडेको छ। छैटौं स्थानमा झरेको शेर्पाको समान खेलबाट ११ अंक छ। लिगमा सोमबार आठौं चरणको अन्तिम खेल हुँदैछ। अन्तिम खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ।
आठौं चरणसम्ममा साविक विजेता मछिन्द्र फुटबल क्लब २० अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १९ अंक छ भने तेस्रो स्थानको संकटा र चौथो स्थानको त्रिभुवन आर्मी क्लबको समान १४-१४ अंक छ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया