

बाँकेमा बाघले लियो फेरी एक महिलाको ज्यान

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।
वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको हो । माघी पर्वका लागि टपरी बनाउन सालको पात टिप्न शनिबार बिहान जंगल गएकी थारुको मृत्यु बाघको आक्रमणबाट भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी थारुको घटनास्थलमै मृत्यु भएको भोजभगवानपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिए ।
पात टिप्न गएका महिलाहरू बाघलाई देखेपछि भागेका थिए । उनीहरूको उद्धारका लागि १२ जनाको प्रहरी टोली परिचालन गरिएको थियो । उनीहरूको खोजी गर्ने क्रममा थारुको शव फेला परेको प्रहरी निरीक्षक गौतमले बताए । पात टिप्न गएका अन्य सबै महिला सकुशल रहेको प्रहरीले जनाएको छ ।
यसअघि पुस २२ गते बाघको आक्रमणमा परी राप्ती सोनारी(४ पर्सोना गाउँकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको थियो ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया