

कपिलवस्तुमा झण्डै ४ लाखले लगाए कोरोना विरुद्धको एक मात्रा खोप



कपिलवस्तु ।
कपिलवस्तुमा ३ लाख ९० हजारले कोरोना विरुद्धको एक मात्रा खोप प्राप्त गरेका छन् । जिल्लामा ४ लाख ५५ हजार खोप लगाउने जनसंख्या रहेको छ । जसमध्ये ४० प्रतिशतले पूर्ण मात्रा प्राप्त गरेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । प्रमुख पाण्डेका अनुसार अहिले पनि जिल्लाका १० पालिकामा रहेका स्वास्थ्य केन्द्र मार्फत लगाउने कार्य जारी रहेको छ ।
हाल जिल्लामा कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिईरहेको र यो पुस २६ गतेसम्म जारी रहने उनले बताए । १२ देखि १७ उमेर समूहका बालबालिकालाई खोप दिने अभियान हाललाई स्थगित गरिएको उनले बताए । जिल्लाभरका ७३ हजार बालबालिकालाई कोरोना विरुद्धको मोर्डना खोप उपलब्ध गराई सकिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यस्तै स्वास्थ्य कार्यालय प्रमुख पाण्डेले कोभिड खोप अभियान लगत्तै हैजा विरुद्धको खोप जिल्लाका १० वटै पालिकामा उपलब्ध गराउने तयारी रहेको बताए ।
बाणगंगामा करिब ५७ हजार १ सय ३१ जनाले कोरोना विरुद्धको खोप प्राप्त गरेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए । पौडेलका अनुसार १२ हजार १ सय ७३ जना किशोरकिशोरीहरुले कोरोना विरुद्धको मोर्डना खोप प्राप्त गरेका छन् । १४ हजार ६ सय ४० जना कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाउन बाँकी रहेको र उनीहरुलाई यही पुसको अन्तिमसम्म लगाईसक्ने उनले दाबी गरे ।
उनले बाणगंगा नगरपालिकामा खोप लगाउन योग्य सबैलाई फागुनको अन्तिम सम्ममा पूर्ण मात्रा खोप लगाईसक्ने लक्ष्य रहेको बताए । साथै उनले १८ बर्ष माथिकालाई हाल कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने अभियान जारी रहेको भन्दै उक्त अभियान पुस २६ गतेसम्म चल्ने भएकाले सहभागि हुन अपिल समेत गरे । नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरि खोप प्राप्त गर्न सकिने उनको भनाई छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया