

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता टी–२० फर्म्याटमा

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता यसपालि टी–२० फर्म्याटमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बिहीवार खेलकाे तालिका सार्वजनिक गर्दै आउँदाे फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ लाई मध्यनजर गर्दै पीएम कप टी–२० फर्म्याटमा हुने जनाएको छ । यसअघिका चार वटै संस्करण एकदिवसीय फर्म्याटमा भएकाे थियाे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता टी–२० फर्म्याटमा सञ्चालन हुने भएको हाे ।
प्रतियाेगिताकाे समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ रहेका छन् । समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
यही पुस २६ देखि सुरु हुने प्रतियाेगिता माघ ५ सम्म चल्नेछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया