

नेपालगञ्ज नाकाबाट नेपाल आएका तीन भारतीय नागरिकमा कोरोना पुष्टि


नेपालगञ्ज ।
नेपाल आउन लागेका तीन जना भारतीयलाई कोरोना देखिएको छ। भारतको बहराइचका, पिलिभित र मिहिपुरुवाका एक÷एक जनालाई नेपालगञ्ज नाकामा कोरोना देखिएको हो।
पिलिभितबाट आएका व्यक्ति दाङ आउन थालेका थिए भने बहराइच र मिहिपुरुवाबाट आएकाहरु स्वर्गद्वारी जान थालेका थिए।
दाङ आउन थालेका व्यक्ति इँट्टाभट्टामा काम गर्ने मजदुर हुन् भने बहराइच र मिहिपुरुवाका दुई जना स्वर्गद्वारी तीर्थ गर्न जानका लागि आएको नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए।
भारतमा ओमिक्रोनको संक्रमण बढेको छ। भारतबाट नेपाल आउने व्यक्तिमा कोरोना पुष्टि हुने क्रम बढेको छ। नेपालगञ्ज नाकामा भारतबाट आउने व्यक्तिको कोरोना जाँच हुने गर्दछ।
यसैबीच बाँकेका दुई वटा ल्याबमा ४६ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पतालमा ३० जनामा दुई जना र बागेश्वरी ल्याबमा १६ जनाको जाँच गर्दा एक जनालाई कोरोना पुष्टि भएको हो। बाँकेमा मंगलबार एक जना डिस्चार्ज भएका छन्।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया