

अनुदानको मल बिक्री गर्न खोज्ने कपिलवस्तुका दुईजना पक्राउ



कपिलवस्तु । किसानहरुका लागि अनुदानमा आएको मलमा कालोबजारी गर्न खोज्ने कपिलवस्तुका दुई जनालाई प्यूठान प्रहरीले पक्राउ गरेको छ ।
प्यूठान नगरपालिका–९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको युरिया मल कपिलवस्तु बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरका विवश क्षेत्री र सोही ठाउँका केशर महतरा छन् ।
उनीहरुले मंगलबार राति सहकारीका लागि आएको अनुदानको ३५ बोरा युरिया मल कपिलवस्तुको चन्द्रौटातर्फ बिक्रीका लागि ल्याउँदै गर्दा प्यूठान–८ बाग्दुलाबाट मलसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लु १ च ६१७१ नम्बरको पिकअप जिपमा मल लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए । सहकारीका अध्यक्ष दीपेन्द्र केसीले सहकारीले तोकेको बिक्रेताबाट गल्ती भएको स्वीकार गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया