

आज पुस १५: तमु ल्होसार मनाउँदै गुरुङ समुदाय


काठमाडौं । आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ । गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनिहरुले हरेक बर्षको १५ गते तमु ल्होसार मनाउने गर्दछन् ।
‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। गुरुङ जातिको १२ वटा बर्ग चक्रमध्ये यसवर्ष च्य्ह ल्हो अर्थात् चरा बर्गको बिदाई गरी ’खि’ ल्हो अर्थात् कुकुर बर्गको स्वागत गरिँदैछ ।
गुरुङ जातिले हरेक वर्षको पुस १५ गते नयाँ वर्षको रुपमा ल्होसार मनाउँछन् । यस अवसरमा उनिहरु खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर मनाउने गर्दछन् । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया