

जिल्ला स्तरीय खुल्ला नकआउट फुटबलको उपाधी भर्तापुरलाई

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित वडा नम्बर ९ भलवाड जिनुवा मैदानमा जारी जल्ला स्तरीय खुल्ला नकआउट फुटबलको उपाधि प्रयास सामाजिक युवा क्लब भर्तापुरले जितेको छ ।
जारी प्रतियोगिता अन्र्तगत शनिबार भएको अन्तिम फाइनल भिडन्तमा बाणगंगा कै वडा नम्बर ६ स्थित बैदौली युवा क्लवलाई २–१ गोल अन्तरले हराउँदै भर्तापुरले उपाधि उचालेको हो ।
९० मिनेटको निर्धारीत खेलबाटै उपाधिको टुङगेको लागेको हो । प्रयास सामाजिक युवा क्लवले दुबै गोल पहिलो हाफमा गरेको हो । यस्तै २ –० ले पछि परेको बैदौलीले दोस्रो हाफमा सान्त्वना १ गोल फर्काएको भए पनि खेल आफ्नो पक्षमा पार्न सकेन । निर्धारित समयभर नै प्रतिश्प्रधात्मक बनेको उपाधी भिडन्तमा दुबै टोलीका खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गरेका छन् ।
जारी प्रतियोगितमा जिल्लाभरबाट २२ टोलीको सहभागिता रहेको थियो । २० अन्य टोलीलाई पाखा लगाउँदै फाइनलमा भर्तापुर र बैदौली आमने सामने भएका हुन ।
२–१ गोलअन्तरको जित सँगै भर्तापुरले नगद २५ हजार तथा कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने उप विजेतामा चित्त बुझाएको बैदौलीले नगद १५ हजार सहित कप मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिता अन्र्तगत प्रयास सामाजिक युवा क्वलका लागि भर्तापुर, भर्लावास र पडेरियाका खेलाडीहरुले संयुक्त टिम बनाएका थिए ।
प्रतियोगिता बाणगंगा ९ भलवाड स्थित जिनुवा स्पोर्टस एण्ड लिङ्कन सोसाईटीले आयोजना गरेको थियो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया