

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि





नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।
प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन्। उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन्।
योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार २३६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ११ हजार २३३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार २३३ जनाको पिसिआर परीक्षण र ४०४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। २७२ जना निकोसमेत भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट २ को मृत्यु भएको छ।
भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौं ७६ संक्रमित थपिएका छन्।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया