

काेराेना खोप अभियान प्रभावित हुन नदिन भारतबाट ५० लाख सिरिन्ज नेपाल ल्याइँदै





फाइजर र माेडर्नाको खोप लगाउने अवसर खेर नफाल्न सुझाव
काठमाण्डाै
कोरोना विरुद्धको खोप अभियानलाई प्रभावित हुन नदिन सिरिन्जको आपूर्ति थालिएको सरकारले जनाएको छ ।
केही जिल्लामा अहिले सिरिन्ज अभाव भएको खबर आउन थालेको छ । तर, अभाव भएका ठाउँमा पठाउन केन्द्रसँग नै सिरिन्ज छैन । सिरिन्जको अभावका कारण खोप अभियान प्रभावित नहोस् भन्नका लागि भारतबाट ५० लाख सिरिन्ज ल्याउने तयारी भइसकेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार केन्द्रीय भण्डार अहिले रित्तो छ । तर, आउँदो शनिबार भारतबाट ५० लाख सिरिन्ज आउने निश्चित भएकाले समस्या नहुने उहाँको भनाई छ ।
सिरिन्ज आउनासाथ अभाव भएका ठाउँमा पठाइने पनि उहाँले बताउनुभयो । कोरोना विरुद्धको ओमिक्रोन भेरियन्ट देखिएसँगै सरकारले खोप अभियानलाई तीब्रता दिएको छ । यसकै कारण पनि सिरिन्जको माग धेरै छ । अहिले देशभर एक करोड २२ लाख ४० हजार डोज खोप मौज्दात छ । तर, खोप अभियानले सोचे जति गति लिन नसकेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । यसैबीच, विज्ञले अहिले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई वितरण भइरहेको खोप सुरक्षित भएकाले ढुक्क भएर लगाउन सुझाव दिएका छन् ।
नेपालले धेरै प्रयास पछि यो खोप ल्याएकाले खोप लगाउने यो अवसरको सदुपयोग गर्न वरिष्ठ बालरोग विशेषज्ञ आरपी बिच्छाको सुझाव छ । केही अभिभावकले खोप लगाए पछि स्वास्थ्य समस्या देखिन्छ की भनेर बालबालिकालाई खोप लगाउन डराइरहेका छन् । विज्ञले भने खोप लगाएको ठाउँमा केही दुखाई भए पनि कुनै समस्या नहुने हुँदा ढुक्क हुन आग्रह गरिरहेका छन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया