

कपिलवस्तुमा थालियो विद्यालय लक्षित मेर्डाना खोप अभियान


कपिलवस्तु ।
लुम्बिनी प्रदेशका नौ जिल्लामा सोमबारदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।
लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको हो ।
कपिलवस्तुमा ८० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुमा जिल्लाको मयादेवी, यशोधरा र सुद्धोधन गाउँपालिकाका बालबालिकालाई खोप दिएर अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, दाङ र बाँकेमा १२ वर्षमाथिका दीर्घरोगीका लागि फाइजर खोप सञ्चालन भएको र अहिले दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया