

लुम्बिनी सेमिफाइनलमा प्रवेश


कैलाली । लुम्बिनी प्रदेश कैलालीको धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको दोस्रो दिन आज भएको पहिलो खेलमा जित हात पार्दै लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगेको हो ।
लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । कर्णालीले दिएको १८ रनको लक्ष्य लुम्बिनीले ३ दशमलव १ ओभरमा विना विकेट क्षति भेट्टायो । लुम्बिनीको जितमा लक्ष्मी चौधरीले १२ र नेरी थापाले ५ रन बनाइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै कर्णालीले हुस्सुका कारण ६ ओभरमा खेलिएको खेलमा १७ रन बनाएको थियो । कर्णालीले निर्धारित ओभरमा ३ विकेट क्षतिमा १७ रन बनाएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले ७ रन र दीक्षा पुरीले अविजित ७ रन बनाए । लुम्बिनी प्रदेशका लागि सुस्मिता भुसालले दुई र नेरी थापाले एक विकेट लिइन् ।
दोस्रो खेलमा वाग्मती प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् । नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।
सात प्रदेश र एक विभागीय गरी ८ समूह सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइँदैछ । समूह ुएु मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने समूहले ५ लाख, द्वितीयले ३ लाख, सिरिजतर्फको उत्कृष्ट खेलाडीले २५ हजार, बलिङतर्फको उत्कृष्ट खेलाडीले १५ हजार तथा ब्याटिङ तर्फको उत्कृष्ट खेलाडीले १५ हजार, ओम्यान अफ द म्याचले दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया