

२४ घण्टामा २ सय ८० जनामा काेराेना पुष्टि





काठमाण्डाै
पछिल्लो २४ घण्टामा देशभर दुई सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार नौ सय ९४ जनाको नमुना परीक्षण गरेकोमा पीसीआर परीक्षणबाट दुई सय ५२ जना र एन्टिजेन परीक्षणबाट २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका सङ्क्रमितमध्ये काठमाण्डाै उपत्यकामा एक सय १८ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाण्डाैमा ८९, ललितपुरमा २० र भक्तपुरमा नाै जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय जना कोरोना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर पाँच हजार ६ सय ३५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै कोरोना सङ्क्रमणका कारण ६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय २३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया