

२४ घण्टामा २ सय ५४ जनामा काेराेना पुष्टि, २ सय ३४ जना निकाे





काठमाण्डाै
पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय ८२ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ९२ प्रतिशत अर्थात् दुई सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । याेसहित अहिलेसम्म पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ लाख २४ हजार दुई सय २२ जनामा र एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९५ हजार सात सय ८२ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३४ जना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६ हजार सात सय ७८ पुगेको छ ।
यही अवधिमा एक जना काेराेना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५४ पुगेको छ ।
अहिले नेपालमा पाँच हजार आठ सय ९० जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
यसैबीच पछिल्लो २४ घण्टामा ६९ हजार पाँच सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया