

नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ६ हजारभन्दा तल झर्याे





काठमाण्डाै
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा तीन सय ३७ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ सय ९७ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा आठ लाख ६ हजार दुई सय २३ जना कोरोना सङ्क्रमित निको भइसकेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १० हजार चार सय ८७ जनाको नमुना परीक्षण गरेकोमा दुई दशमलव ४६ प्रतिशत अर्थात् दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप तीन जनाले कोरोना भाइरसको सङ्क्रणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५२ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार तीन सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हिजो पनि २४ घण्टामै तीन लाख ३७ हजार जनाभन्दा धेरैले खोप लगाएका थिए ।
सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन आह्वान गर्दै खोप अभियानलाई तीव्र बनाएको छ । नेपालमा कोरोनाविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाउनेको सङ्ख्या एक करोड १० लाख ६६ हजार चार सय ६४ जना पुगेको छ । उनीहरूमध्ये ९१ लाख ६८ हजार तीन सय ५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया