

राष्ट्रिय क्रिकेट टोलीले बिहीबार नयाँ प्रशिक्षक पाउने सम्भावना


काठमाण्डौँ
नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार नयाँ प्रशिक्षक पाउने भएको छ। बिहीबारसम्ममा राष्ट्रिय टोलीले नयाँ प्रशिक्षक पाउने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बताएको छ।
नेपाली टोलीका लागि ६० जना प्रशिक्षकले आवेदन दिएपनि छनोट समितिले पहिलो चरणमा १५ जना प्रशिक्षक छनोट गरेका थिए। तीमध्ये छनोट समितिले ५ जनासँग अन्तवार्ता लिएको थियो।
नेपाली टोलीको प्रशिक्षक बन्ने दौडमा भारतीय मोन्टी देसाई र पुबुदु दासानायके अगाडि छन्। क्यानको प्राथमिकतामा देसाई रहेपनि पारिश्रमिकमा कुरा मिल्न नसकेको क्यान स्रोतले जानकारी दिएको छ।
देसाईसँग पारिश्रमिकमा कुरा नमिले पुबुदुले राष्ट्रिय क्रिकेट टोलीको जिम्मा पाउन सक्ने सम्भावना बलियो छ।
नेपालको मुख्य प्रशिक्षक बन्ने दौडमा देसाई र पुबुदुसँगै श्रीलंका मूलका अष्ट्रेलियाली पूर्व क्रिकेटर अशंखा गुरुसिंहा, न्युजिल्याण्डका पूर्व क्रिकेटर तथा प्रशिक्षक ग्रान्ट ब्राडवर्न र श्रीलंकाका पूर्व क्रिकेटर रुवान कल्प छन्।
प्रशिक्षक छनोटका लागि क्यानले कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा ५ पाँच सदस्यीय मुख्य प्रशिक्षक छनोट समिति गठन गरेको छ। छनोट समितिमा समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का एक प्रतिनिधि छन्।
क्यानले आगामी १ वर्षका लागि प्रशिक्षकको खोजी गरिरहेको छ। तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली टोली छाडेपछि क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त मागेको थियो।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया