

‘ए’ डिभिजन लिग : एपीएफ र च्यासल तथा मनाङ र हिमालयनबीच खेल हुँदै


काठमाण्डाै
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।
दशरथ रङ्गशालामा दिउँसो १ बजे सशस्त्र प्रहरीको एपीएफ क्लब र च्यासल युथ क्लब खेल्दैछन् । यस्तै बेलुका पौने पाँच बजे मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाबीच खेल हुनेछ ।
च्यासल पहिलो खेलमा ‘थ्री’ स्टारसँग पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइजसँग हारेको थियो ।
यस्तै मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । हिमालयन शेर्पाले सङ्कटासँग बराबरी खेल्दै अङ्क बाँडेको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया