

नवप्रवेशी सातदोबाटोले तीन पटकको च्याम्पियन थ्री स्टारलाई हरायो



काठमाण्डाै
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी क्लब सातदोबाटोले थ्री स्टारलाई हराएको छ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज शुक्रवार भएकाे खेलमा सातदोबाटो युथ क्लबले तीन पटकको च्याम्पियन थ्री स्टारलाई एक–शून्य गोल अन्तरले हराएको हो । सातदोबाटोको जितमा सुदीप गुरुङले खेलको २९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
यो जितसँगै सातदोबाटोले दुई खेलमा चार अङ्क जोडेको छ । सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
थ्री स्टारको यो पहिलो हार हो । थ्री स्टार तीन अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई तीन–शून्यले हराएको थियो ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया