

आउँदो चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ : केपी ओली



काठमाण्डाै
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावपछि आफ्नाे पार्टीकाे नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अब लगतै तीन तहको चुनाव आउने र ती चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।
साथै उहाँले अहिले बाँकी रहेका विकासका काम अगाडि बढाएर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नेसमेत बताउनुभयो । ‘चुनाव आउँदैछन् । हामी अब चुनावको तयारीमा जानेछौँ । देशको सार्वभौमसत्ता र लोकतन्त्रको रक्षाका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने छ’, ओलीले भन्नुभयाे ।
सम्बाेधनकै क्रममा उहाँले नेकपा एमालेकाे सरकारले विभिन्न लाेकप्रिय कार्यक्रम ल्याएकाे बताउँदै आफ्नाे पार्टी देश बनाउने पार्टी भएकाे उल्लेख गर्नुभयाे ।
संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि पनि एमालेले बहुमत ल्याउनुपर्ने अध्यक्ष ओलीकाे भनाइ थियाे ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया