

ए डिभिजन लिग फुटबल : संकटा र हिमालयन शेर्पाको खेल बराबरीमा


काठमाण्डाै –
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आज भएको पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै टोलीले १/१ गोल गर्दै अंक बाँडेका हुन् ।
६० मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाए पनि हिमालयन शेर्पाका त्रिदेव गुरुङले ६४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे थ्री स्टार र च्यासल युथ क्लब खेल्दैछन् । हिजोदेखि सुरु भएको लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १४ क्लब सहभागी छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया