किसानको हित गर्ने कुरा नै हाम्रो राजनीतिको मूल विषय हो : नेता नेपाल

काठमाण्डाै

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।

आज सोमबार काठमाण्डाैमा आयोजित अखिल नेपाल किसान महासङ्घ राष्ट्रिय समितिको घोषणा तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताउनुभएकाे हाे । उहाँले कृषि क्षेत्रको रूपान्तरणका निम्ति प्राथमिकता हुनुपर्ने बताउनुभयो । कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमूल परिवर्तन हुने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘कृषि क्षेत्रमा रूपान्तरण गर्ने कुराबाट हामी विमुख हुन सक्दैनौँ । हाम्रो फोकस नै त्यसमा हुनुपर्दछ । नेपाली अर्थतन्त्रको बलियो आधारशिला भनेको कृषि क्षेत्रको रूपान्तरण हो । कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्ने र यसको यान्त्रिकीकरण गर्ने, यो काम गर्न सकियो भने मात्रै यसमा आमूल परिवर्तन गर्न सकिन्छ । कृषि क्षेत्रमा मात्रात्मक होइन, गुणात्मक परिवर्तनको आवश्यकता छ ।’

उहाँले कम्युनिस्ट पार्टीहरू किसानको मुक्तिका लागि बनेको भन्दै किसान आन्दोलन उठाउनका लागि वामपन्थी शक्तिहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । नेता नेपालले किसानको हित र कल्याण गर्नु नै आफूहरूको राजनीतिको मूल विषय भएको उल्लेख गर्नुभयो ।

उहाँले सुकुम्वासीहरूको समस्या समाधानमा सरकारले ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले अव्यवस्थित रूपमा बसोबास गर्नेहरूलाई सरकारले गाँस, बास र कपासको प्रत्याभूति गराएर सुरक्षित ठाउँमा राख्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै