

टी–२० विश्व कप : उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै



काठमाण्डाै – आईसीसी टी–२० विश्व कपको उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन्।
फाइनल खेल आज बेलुका पौने आठ बजे दुबईको अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । दुवै टोली पहिलो पटक टी–२० विश्व कपको उपाधि जित्ने होडमा छन् । न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले दोस्रो पटक उपाधिका लागि खेल्न लागेको हो ।
सन् २०१० मा भएको विश्व कपमा अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । अस्ट्रेलिया सुपर १२ मा समूह एकबाट दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग मात्रै पराजित भएको थियो भने बाँकी चार खेल जितेको थियो ।
सेमिफाइनलमा अस्ट्रेलियाले समूह दुईको विजेता पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । त्यस्तै न्युजिल्यान्ड पनि समूह दुईको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । पाकिस्तानसँग पराजित न्युजिल्यान्डले भारत, स्कटल्यान्ड, नामिबिया र अफगानिस्तानलाई हराएको थियो ।
सेमिफाइनलमा न्युजिल्यान्डले समूह एकको विजेता इङ्ग्ल्यान्डलाई पराजित गरी फाइनलमा पुगेको हो । न्युजिल्यान्डका विकेट किपर डेभोन कोन्वे हातको समस्याले आजको खेल खेल्ने छैनन् । यी दुई टोलीबीच भएका १४ टी–२० खेलमा अस्ट्रेलियाले ९ तथा न्युजिल्यान्डले ५ खेल जितेको छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया