

विश्व कपको युरोपेली छनोटमा इटली र स्वीट्जरल्यान्डको बराबरी


काठमाण्डाै
विश्व कपको युरोपेली छनोटमा इटली र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् ।
रोममा गएराति भएको खेलमा खेलको ११ औँ मिनेटमा सिल्भान विडमारले गोल गरी स्वीट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । तर खेलको ३६ औं मिनेटमा जियोभानी डि लोरेन्जोले बराबरीमा गोल फर्काए ।
खेलको अन्तिम समयमा इटलीले पेनाल्टी पाएको थियो तर जर्गिन्होले गोल सकेनन् । यो बराबरीपछि समूह ‘सी’ मा इटली ७ खेलमा १५ अङ्कसहित शीर्षस्थानमा छ । समान १५ अङ्क नै रहेको स्वीट्जरल्यान्ड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।








प्रतिक्रिया