

कपिलवस्तुमा लगाउने हैजाविरुद्धको खोप आइतबार आउँदै


कपिलवस्तु ।
कपिलवस्तुमा महामारीको रुपमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले कोलेरा खोप लगाउने भएको छ।
कपिलवस्तुको पाँच वटा नगरपालिकामा रहेका हैजा प्रभावित स्थानीयलाई कोलेरा खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । गाभीको सहयोगमा सरकारले २ लाख ५२ हजार ३६३ डोज खोप ल्याउन लागेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त खोप आइतबार नेपाल भित्रनेछ। आगामी साता नै खोप लगाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो।
उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्कहुँदै नेपाल आउन लागेको हो।
कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिने डा पौडेलले बताउनुभयो ।
कपिलवस्तुमा हालसम्म १ हजार ३६२ जनामा झाडापखाला सम्बन्धी समस्या देखिएको छ। जसमध्ये १ हजार ३५६ जना निको भएका छन् भने ६ जना उपचाररत छन्। हाल भने झाडापखाला नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयले दावी गरेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया