

रोहितको कप्तानीमा भारतीय टोली घोषणा, विराटलगायत खेलाडी टिमबाहिर


काठमाडौं
न्युजिल्याण्डविरुद्ध हुने सिरिजका टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ।
नोभेम्बर १७ बाट सुरु हुने सिरिजका लागि रोहित शर्माले कप्तानीमा भारतीय टिम घोषणा गरिएको हो। विराट कोहलीले कप्तान छाडेपछि अब रोहितले टी–२० टिमको नेतृत्व गर्ने भारतीय क्रिकेट बोर्डले जनाएको छ
न्युजिल्याण्डविरुद्धको खेलमा विश्वकप खेलेका विराटसहित तीन खेलाडी टिममा समावेश छैनन्। आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेका केही खेलाडीले भारतीय टिममा मौका पाएका छन्।
न्युजिल्याण्डविरुद्धको टिममा केएल राहुल उपकप्तान रहनेछन्। ऋतुराज गायकवडाय, श्रेयस अइयर, सुर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, वेन्कटेश अय्यर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल, मोहम्मद सिराज टिममा छन्।
कोहलीसहित जसप्रीत बुमराह र रवीन्द्र जडेजालाई आराम दिइएको छ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया