

२४ घण्टामा ५ सय ३३ जनामा कोरोना पुष्टि, ४ सय ८४ जना निको


काठमाण्डौ
पछिल्लो २४ घण्टामा देशभर पाँच सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव १८ प्रतिशत अर्थात् पाँच सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १५ हजार तीन सय ७२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार नौ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै २४ घण्टामा चार सय ८४ जना निको भएका छन् । योसहित अहिलेसम्म सङ्क्रमणबाट निको हुनेको सङ्ख्या सात लाख ९६ हजार तीन सय ६ पुगेको छ ।
यही अवधिमा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ५४ पुगेको छ ।
यस्तै २४ घण्टामा ४३ हजार तीन सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ७४ लाख ६८ हजार नौ सय १४ जनाले पूर्ण मात्रा र ८७ लाख ४७ हजार सात सय १२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया