

टी–२० विश्व कप क्रिकेटमा भारतले नामिबियालाई नौ विकेटले हरायो



काठमाण्डाै
आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले नामिबियालाई नौ विकेटले हराएको छ ।
गएराति यूएईको दुबईमा नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले २८ बल अघि मात्रै एक विकेट गुमाएर भेट्टायो । भारतका लागि के एल राहुलले नटआउट ५४ र सूर्यकुमार यादवले २५ रन बनाए । रोहित शर्मा ५६ रनमा आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । उसका लागि डेविड वाइजले २६ र स्टेफिन ब्राडले २१ रन बनाए । बलिङतर्फ भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३/३ विकेट लिए ।
भारत र नामिबिया यसअघि नै सेमिफाइनल नपुगी बाहिरिसकेकाले हिजोको खेल प्रतिष्ठाको लागि मात्रै थियो ।
यसैबीच, भारतीय कप्तान विराट कोहली कप्तानीबाट अलग भएका छन् । विश्व कप क्रिकेटपछि कप्तानी छाड्ने यसअघि नै घोषणा गरेअनुसार विराटले कप्तानी छाडेका हुन् ।
विश्व कप क्रिकेटको सेमिफाइनलमा भोलि न्युजिल्यान्ड र इङ्ल्यान्ड तथा पर्सि पाकिस्तान र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल आइतवार हुनेछ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया