

भारतको दोस्रो जित

यूएईमा जारी टी–२० विश्वकपमा भारतले दोस्रो जित हात पारेको छ। शुक्रबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको हो ।
टस जितेर फिल्डिङ रोजेपछि भारतले जितका लागि ८६ रनको सामान्य लक्ष्य पाएको थियो । सो लक्ष्य भारतले ६.३ ओभरमै २ विकेटको क्षतिमा भेट्टायो । उसका लागि केएल राहुलले ५० रन बनाए । उनले १९ बलको सामना गर्दै ३ छक्का र ६ चौका हिर्काए । त्यस्तै रोहित शर्माले ३० रन जोडे ।
स्कटल्याण्डका मार्क वाट र ब्राड ह्वीलले १/१ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको स्कटल्यान्डका लागि जर्ज मुन्सेले २४, मिशाइल लिस्कले २१ रन जोडे । भारतका लागि मोहम्मद शामी र रविन्द्र जडेजाले ३/३ विकेट लिए भने जस्प्रित बुम्राहले २ विकेट हात पारे ।
यो जितसँगै सेमिफाइनल पुग्ने भारतको झिनो आशा कायम रहेको छ । यद्यपि सेमिफाइनल पुग्न न्यूजिल्याण्ड अफगानिस्तानसँग पराजित हुनुपर्छ । साथै भारतले नामिबियालाई फराकिलो अन्तरले पराजित गर्नुपर्छ ।
त्यसो हुँदा रन रेटका आधारमा समूहको दोस्रो हुँदै भारत सेमिफाइनल पुग्न सक्छ ।
तर अफगानिस्तानमाथि न्यूजिल्याण्डले जित निकालेको खण्डमा भारत समूह चरणबाटै बाहिरिने छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया