

टी–२० विश्व कप : भारतकाे पहिलाे जित, अफगानिस्तान ६६ रनले पराजित



काठमाण्डाै – आईसीसी टी–२० विश्वकपमा भारतले पहिलो जित निकालेको छ । सुपर १२ को समूह दुई अन्तर्गत गएराति भएको खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हराएको हो । जितसँगै भारतले सेमिफाइनलको झिनो सम्भावना कायमै राखेको छ ।
आबुधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा २ विकेट गुमाएर दुई सय १० रन बनायो । भारतका रोहित शर्माले ७४ तथा केएल राहुलले ६९ रनको अर्धशतकीय पारी खेले । हार्दिक पाण्ड्या ३५ र रिसभ पन्त २७ रनमा अविजित रहे ।
अफगानिस्तानका करिम जन्नत र गुलबदिन नइबले एक/एक विकेट लिए । दुई सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय ४४ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका करिम जन्नतले अविजित ४२ तथा कप्तान मोहम्मद नाबीले ३५ रन जोडे ।
भारतका मोहमद शामीले तीन तथा रविचन्द्रन आश्विनले दुई विकेट लिए । जसप्रित बुमराह र रविन्द्र जडेजाले एक/एक विकेट लिए । यसअघिका खेलमा भारत पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो। भारतले शुक्रवार स्कटल्यान्डसँग र सोमवार नामिबियासँग खेल्नेछ ।
यी दुवै खेलमा फराकिलो जित र न्युजिल्यान्ड बाँकी दुई खेलमा एकमा पराजित भए मात्रै भारत नेट रनरेटको आधारमा सेमिफाइनल पुग्ने झिनो आशा कामयै छ । सुपर १२ को समूह दुईमा पाकिस्तान शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा छ ।
भारत चौथो र नामिबिया पाँचौँ स्थानमा छ । छैटाैँ स्थानमा रहेको स्कटल्यान्ड बाहिरिएको छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया