

टी–२० विश्वकप ः पाकिस्तान पुग्यो सेमिफाइनलमा



आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले नामिबियालाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान जारी विश्वकपमा सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तान जारी विश्वकपमा सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। १९० रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा समेटियो।
सुरुवाती ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि ओपनरद्वय मोहम्मद रिजवान र कप्तान बाबर आजमले अर्धशतक प्रहार गरे। रिजवानले ५० बलमा ८ चौका र ४ छक्काको मद्दतले अभिजित रहँदै ७९ रन बनाउँदा आजमले ४९ बलमा ७ चौकाको मद्दतले ७० रन जोडे। त्यस्तै, मोहम्मद हाफीजले ३२ रन बनाउँदा फखर जमानले ५ रन जोडे।
बलिङतर्फ नामिबियाका डेभिड विस र जेन फ्राइलिंकले १र१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नामिबियाका लागि डेभिड विसले सर्वाधिक ४३ रन बनाउँदा क्रेग विलियम्सले ४०, स्टेफान बार्डले २९, कप्तान जेर्हार्ड इरासमसले १५ रन जोडे।
पाकिस्तानका हसान अली, इमाद वासिम, ह्यारिस राउफ र शदाब खानले समान १र१ विकेट लिए।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया