

बाणगँगा -६ युवा सन्जालको आयोजनामा खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु


कपिलवस्तु
स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बाणगँगा नगरपालिका वडा-६ युवा सन्जालको आयोजनामा जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता यहि कार्तिक १६ गते देखि सुरु हुने भएको छ। उक्त खेल बाणगँगा नगरपालिका ०६ भग्लापुरको खेल मैदान मा आयोजना हुने आयोजक युवा सामाजसेवि कृष्ण गैरे( जिरे) ले जान्कारी दिएका छ्न । टिम दर्ताका लागि १६ गते बिहान ११ बजे सम्म रु ५००० /- प्रवेश शुल्क तय गरि खुला गरिएको छ । खेलमा प्रथम पुरस्कार राशी रु ६०,०००/- र दोस्रो पुरस्कर रु ४०,०००/- सिल्ड, मेड्ल र प्रमाणपत्रको समेत व्यवस्था रहेको खेल सम्योजक गैरेले बताएका छ्न । १६ गते दिउँसो २ बजे खेल को बिधिवत रुपमा उद्घाटन गरि करिब जिल्लाका १५ टिम खेल मैदानमा उतार्ने लक्ष्य रहेको समेत जानकारी दिए । खेललाई भव्यताका साथ सम्पन्न गर्न सम्पुर्ण खेल प्रेमी , समाजसेवी ,सुरक्षाक्रमी ,पत्रकार , टोलवासी सम्पुर्णलाई आयोजकले सहयोग र सहभागी हुन समेत अनुरोध गरेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया