

प्रमूख प्रतिपक्षीको बहिष्कारका बीच पनि लुम्बिनी प्रदेशसभा बैठक संचालन




रुपन्देही ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारका बीच लुम्बिनी प्रदेशसभाको कारबाही अघि बढेको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा जीवनाशक विषादी नियमन सम्बन्धमा गर्न बनेको विधेयक दफाबार छलफलका लागि कृषि वन तथा वातावरण समितिमा पठाइएको छ । कृषि खाद्य तथा प्रविधि मन्त्री सुमन शर्माले उक्त विधेयक समितिमा दफाबार छलफलका पेस गरेकी हुन् । सभामा पेस भएको विधेयकलाई सभामुख पूर्णबहादुर घर्तीले निर्णायार्थ पेस गरे । त्यसपछि उक्त विधेयक सर्वसम्ममतका साथ स्वीकृत भएको थियो ।
त्यसअघि मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यन्याधिबक्ताको २०७६÷०७७ र २०७७÷०७८ को प्रतिवेदन सभामा पेस गरेका थिए । उक्त प्रतिवेदन छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा गएको छ । तर, प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दल एमालेले निरन्तर् अवरुद्ध तथा बहिष्कार गर्दै आएको छ । आइतबारको बैठक सुरू हुनसाथ एमाले सांसदहरूले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए ।
त्यसअघि सभामा बोल्दै एमाले प्रदेश सभा सांसद तुल्सी चौधरीले सूर्य चिन्हबाट निर्वाचित सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म बैठक चल्न नदिने बताएका थिए । एमालेको नाराबाजीपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि बसेको बैठक भने प्रतिपक्ष दल एमालेले बहिष्कार गरेको थियो । प्रदेशसभाको अर्को बैठक कार्तिक २८ गते बस्नेछ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया