

मुख्य प्रशिक्षक अलमुताइरी काठमाडौं आइपुगे

काठमाडौं– राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुवेती अब्दुल्लाह अलमुताइरी शनिबार काठमाडौं आइपुगेका छन्।माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनलसम्मको यात्रा तय गराएका अलमुताइरी त्यहींबाट कतार गएका थिए।
साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनल पुर्याएपछि उनले मुख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका थिए। त्यतिबेला उनले कहिल्यै नेपाल नफर्किने बताएका थिए। तर, अखिल नेपाल फुटबल संघ ९एन्फा० अध्यक्ष कर्मा छिरिङ शेर्पाले अलमुताइरी र कतार फुटबल संघसँग सहकार्य गरेपछि उनी नेपाल फर्किएका हुन्।
२८ वर्षको साफ च्याम्पियनसिपको इतिहासमा नेपाललाई फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बनेका छन्। असोज ३० गते भएको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो। अलमुताइरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका सदस्यसमेत रहेका नेपाली टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरेका थिए।
नयाँ सम्झौताअनुसार उनी २०२४ सम्म नेपाली टोलीको प्रशिक्षक रहनेछन्।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया