

टिकटकका सिइओ केभिनले दिए राजीनामा



एजेन्सी, भदौ ११
टिकटकका सीइओ केभिन मेयरले राजीनामा दिएका छन् । उनले आज (बिहीवार) टिकटकको सीइओ पदबाट राजीनामा दिएको न्यून एजेन्सी एएफपीले पुष्टि गरेको छ । टिकटकको स्वामित्वबारे चिनियाँ स्वामीत्वकर्ता कम्पनी बाइटडान्स र अमेरिकी सरकारबीच रस्साकस्सी चलिरहेका बेला केभिनले राजिनामा दिएका हुन्। ट्रम्प प्रशासनले टिकटकका चीनियाँ स्वामित्वकर्तामाथि एप बेच्न दबाव दिँदै आएको छ।
टिकटकको स्वामित्वबारे चिनियाँ स्वामीत्वकर्ता कम्पनी बाइटडान्स र अमेरिकी सरकारबीच तिक्तता बढेका बेला डिज्नीका पूर्वप्रमुख समेत रहेका मेयरको राजिनामा आएको हो । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटककै कारण अमेरिका र चीनबीचको सम्बन्धमा थप तिक्तता आएको छ । ‘पछिल्ला केही सातायता राजनीतिक वातावरणमा द्रुत परिवर्तन देखिएको छ।
यस्तोमा‚ कर्पोरेट संरचनामा केकस्ता परिवर्तन जरुरी छ र त्यसले मेरो भूमिकालाई के–कसरी परिभाषित गर्छ भन्नेबारे मैले केही महत्वपूर्ण कार्य गरेको थिएँ’‚ ५८ वर्षीय केभिनले आफ्ना कर्मचारीलाई पठाएको इमेलमा लेखेका छन्‚ ‘हामी छिट्टै एउटा संकल्पमा पुग्ने अपेक्षा पनि थियो। तर‚ भारी हृदयका साथ कम्पनी छाड्ने निर्णयमा पुगेको यहाँहरूलाई अवगत गराउन चाहन्छु।’ (एजेन्सीकाे सहयाेगमा)


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया