

राष्ट्रिय फूटबल टोलीका प्रत्येक खेलाडीले जनही ५ लाख पाउने


काठ्माण्डौँ ।
साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीका सबै खेलाडीलाई पाँच/पाँच लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपमा सहभागी प्रत्येक खेलाडीलाई पाँच लाखका दरले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। खेलाडीको सम्मान स्वरुप नगद सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फूटबल टोलीका प्रशिक्षकलाई तीन लाख दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।
यसअघि पर्वतको कुस्मा नगरपालिकाले राष्ट्रिय फूटबल टोलीलाई दुई लाख दिने निर्णय गरेको थियो। मेयर रामचन्द्र जोशीले पुरस्कारस्वरुप दुई लाख दिने घोषणा गरेका हुन्।
नेपाली फूटबल टोली सोमबार नै स्वदेश फर्किएको छ। मालदिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया